Jhyankot Sign Language

Terrain in Jhyankhot during monsoon 2024, where deaf signers were consulted for the Jhyankot Sign Language Collection. Photo by Binaya Shrestha, 2024. Click on image to access collection. / २०२४ को मनसुनको समयमा झ्याँकोटको भूभाग, जहाँ झ्याँकोट सांकेतिक भाषा संग्रहको लागि बहिरा व्यक्तिहरुसंग परामर्श लिइएको थियो | तस्बिर: बिनय श्रेष्ठ, २०२४ |संग्रहमा पहुँच गर्न तस्बिरमा क्लिक गर्नुहोस् |
| Language | Jhyankot |
| Depositor | Arjun Shrestha, Theresia Hofer |
| Affiliation | University of Bristol |
| Location | Nepal |
| Collection ID | 0799 |
| Grant ID | MDP1045 |
| Funding Body | ELDP |
| Collection Status | Collection online |
| Landing Page Handle | http://hdl.handle.net/2196/93368b05-0e10-4f91-9929-5f63809855f8 |
Summary of the collection
English: Jhyankot Sign Language (also known as Jhankot Sign Language) is a shared sign language used in a few villages in Jhyankot area, Jagadulla Rural Municipality, Dolpa District, Karnali Province, Nepal (29° 03′ N 82° 26′ E). The number of users, the actual distinctiveness of the language and the extent of endangerment are at present unknown. The Jhyankot Sign Language collection presents the very first visual materials and documentation of the language, including video-recorded short biographies of Jhyankot signers, elicited signs from a written and picture-based wordlist and a signed story, as well as photos of the socio-cultural environment of Jhyankot Sign Language users.
सङ्ग्रहको सारांश
नेपाली: झ्याँकोट सांकेतिक भाषा (जसलाई झानकोट सांकेतिक भाषा पनि भनिन्छ) झ्यानकोट क्षेत्र, जगदुल्ला ग्रामीण नगरपालिका, डोल्पा जिल्ला, कर्णाली प्रदेश, नेपाल (29° 03′ N 82° 26′ E) का केही गाउँहरूमा प्रयोग हुने साझा सांकेतिक भाषा हो। झ्यान्कोट सांकेतिक भाषा प्रयोगकर्ताहरूको सङ्ख्या अहिले अज्ञात छ। साथै भाषाको वास्तविक भिन्नता र लोप हुने खतराको सीमाको पनि ज्ञान छैन। झ्यान्कोट सांकेतिक भाषा सङ्ग्रहले भाषाको पहिलो दृश्य सामग्री र दस्तावेज प्रस्तुत गर्दछ। जसमा झ्यान्कोट सांकेतिक भाषा प्रयोगकर्ताहरूको भिडियो-रेकर्ड गरिएको छोटो जीवनी, लिखित र चित्र-आधारित शब्दसूची र सांकेतिक भाषा प्रयोग गरी व्यक्त गरिएको कथाबाट प्राप्त सङ्केतहरू समावेश छन्। साथै झ्याँकोट सांकेतिक भाषा प्रयोगकर्ताहरूको सामाजिक-सांस्कृतिक वातावरणका फोटोहरू पनि समावेश गरिएको छ।
Group represented
English: The group represented in this collection are signers of Jhyankot Sign Language and include signers who are deaf and hearing, of different age groups and villages – mainly in Jhyankot area, Jagadulla Rural Municipality, Dolpa District, Karnali Province, Nepal. In addition the two language researchers, Binaya Shrestha and Nandarupa Rokaya (both deaf) are also represented in the collection, Nandarupa Rokaya being a native Jhyankot signer while Binaya Shrestha has learned the language as a long-standing teacher to deaf children resident in a school in Dunai, the district capital.
समूह प्रतिनिधित्व
नेपाली: यस सङ्ग्रहमा प्रतिनिधित्व गरिएका समूहहरू झ्याँकोट सांकेतिक भाषाका प्रयोगकर्ताहरू हुन् । यसमा मुख्यतया झ्यानकोट क्षेत्र, जगदुल्ला ग्रामीण नगरपालिका, डोल्पा जिल्ला, कर्नाली प्रदेश, नेपालका विभिन्न उमेर समूह र गाउँका बहिरा र सुन्ने व्यक्तिहरू समावेश छन्। यसबाहेक दुई जना भाषा अनुसन्धानकर्ताहरू बिनय श्रेष्ठ र नन्दरूपा रोकायालाई पनि सङ्ग्रहमा प्रतिनिधित्व गरिएको छ । नन्दरूपा रोकाया झ्याँकोट सांकेतिक भाषा प्रयोगकर्ता हुन् भने बिनय श्रेष्ठले जिल्लाको सदरमुकाम दुनाईमा एक विद्यालयमा बहिराहरू बालबालिकाको लागि विशेष बहिरा शिक्षकको रूपमा कार्य गर्दै भएका हुनाले उनले झ्याँकोट सांकेतिक भाषा सिकेका हुन् ।

Binaya Shrestha with a deaf signer in Jhyankot filming an elicitation from a picture-based word list. Photo of Sarplal Aidi and Binaya Shrestha, 2024. / झ्याँकोटको बहिरा सर्पलाल ऐडीसंग बिनय श्रेष्ठ ले तस्बिरमा आधारित शब्दसुचीबाट झ्याँकोट सांकेतिक भाषाको संकेत सोध्दै |
Language information
English: There is so far no linguistic documentation of Jhyankot Sign Language. The only records include a brief description of the experience of a visit to Jhyankot in the mid-1990s by the North American Irene Taylor in the context of a photography project about deaf people’s lives in Nepal (1997: 77-85) and a summary in Hofer (forthcoming). According to Taylor and based on her interactions with several families in the village, Jhyankot Sign was different from Nepali Sign Language (NSL) she had learned in Kathmandu and “the signs are specific to their family, the village and local culture” (1997: 78-79). Families without deaf members use the language to interact with deaf villagers, as they have much overlap in their agricultural work (Jhyankot being a potato and grain farming village), such as during harvest or shared farm work and “unlike so much of Nepal, there was no apparent taboo against deaf men marrying deaf women in Jhankot and, though a deaf member might complicate the life of a family, deaf people did not appear ostracized or unusual.” (1997: 80). Taylor’s book mentions the beginnings of out-migration of deaf people from mountain areas of Nepal to Pokhara and Kathmandu, there meeting deaf people using NSL and seeking new educational and social opportunities through the national sign language of NSL and Deaf communities (cf. Hoffmann-Dilloway 2016, Graif 2018, Sharma 2019 and Green 2024).
भाषा जानकारी
नेपाली: अहिलेसम्म झ्याँकोट सांकेतिक भाषाको कुनै भाषिक दस्तावेजिकरण भएको छैन। केवल एक दस्तावेज उत्तर अमेरिकी इरेन टेलरद्वारा लेखिएको एउटा संक्षिप्त विवरण पाइएको छ । उनले १९९० को दशकको मध्यमा नेपालमा बहिराहरूको जीवनको बारेमा फोटोग्राफी परियोजनाका सन्दर्भमा झ्याँकोट भ्रमणबारे गरेकी हुन् (१९९७:७७-८५) । साथै होफरको सारांशमा पनि झ्याँकोट सांकेतिक भाषाको विवरण समावेश गरिएको छ (आगामी) । टेलरका अनुसार जब गाउँका धेरै परिवारहरूसँगको उनले अन्तरक्रिया गरिन्, तब झ्यान्कोटको संकेत उनले काठमाडौँमा सिकेको नेपाली सांकेतिक भाषा (एन एस एल) भन्दा फरक पाइन् । साथै “सङ्केतहरू उनीहरूको परिवार, गाउँ र स्थानीय संस्कृतिमा विशिष्ट छन्” (१९९७:७८-७९)। बहिरा सदस्यहरू नभएका परिवारहरूले पनि बहिरा गाउँलेहरूसँग कुराकानी गर्न भाषा प्रयोग गर्छन् । किनकि उनीहरूको कृषि काममा जस्तै अन्नबाली काट्ने वा साझा खेतको कामको बेलामा एक अर्कासंग धेरै भेट भइरहन्छ (झ्यानकोट आलु र अन्न खेती गर्ने गाउँ हो) । “नेपालको धेरै ठाउँहरु भन्दा भिन्न झ्याँकोटमा भेटियो । बहिरा सदस्यले परिवारको जीवनलाई जटिल बनाउन सके पनि, बहिरा पुरुषहरूले बहिरा महिलाहरूसँग विवाह गर्न कुनै स्पष्ट वर्जित थिएन । त्यहाँ बहिराहरू बहिष्कृत वा असामान्य देखिएनन्।” (१९९७: ८०). टेलरको पुस्तकले नेपालका दुर्गम पहाडी क्षेत्रबाट पोखरा र काठमाडौँमा बहिराहरूको आप्रवासनको सुरुवातका बारे उल्लेख गरेको छ । त्यहाँ नेपाली सांकेतिक भाषा (एनएसएल) प्रयोग गरेका बहिराहरूलाई भेटी बहिरा समुदायहरूको राष्ट्रिय सांकेतिक भाषाको रूपमा एनएसएल मार्फत नयाँ शैक्षिक र सामाजिक अवसरहरूको प्रयोग गर्न सामना गरिहेको बारे उल्लेख गरिएको छ। (होफमयान-डिलोवे २०१६, ग्रेफ २०१८, शर्मा २०१९ र ग्रीन २०२४) (cf. Hoffmann-Dilloway 2016, Graif 2018, Sharma 2019 and Green 2024).
Collection contents
English: Jhyankot Sign Language (also known as Jhankot Sign Language) is a shared sign language used in a few villages in Jhyankot area, Jagadulla Rural Municipality, Dolpa District, Karnali Province, Nepal (29° 03′ N 82° 26′ E). The number of users, the actual distinctiveness of the language and the extent of endangerment are at present unknown. The Jhyankot Sign Language collection presents the very first visual materials and documentation of the language, including video-recorded short biographies of Jhyankot signers, elicited signs from a written and picture-based wordlist and a signed story, as well as photos of the socio-cultural environment of Jhyankot Sign Language users.
सङ्ग्रहको सारांश
नेपाली: झ्यान्कोट सांकेतिक भाषा (जसलाई झानकोट सांकेतिक भाषा पनि भनिन्छ) झ्यानकोट क्षेत्र, जगदुल्ला ग्रामीण नगरपालिका, डोल्पा जिल्ला, कर्णाली प्रदेश, नेपाल (29° 03′ N 82° 26′ E) का केही गाउँहरूमा प्रयोग हुने साझा सांकेतिक भाषा हो। झ्यान्कोट सांकेतिक भाषा प्रयोगकर्ताहरूको सङ्ख्या अहिले अज्ञात छ। साथै भाषाको वास्तविक भिन्नता र लोप हुने खतराको सीमाको पनि ज्ञान छैन। झ्यान्कोट सांकेतिक भाषा सङ्ग्रहले भाषाको पहिलो दृश्य सामग्री र दस्तावेज प्रस्तुत गर्दछ। जसमा झ्यान्कोट सांकेतिक भाषा प्रयोगकर्ताहरूको भिडियो-रेकर्ड गरिएको छोटो जीवनी, लिखित र चित्र-आधारित शब्दसूची र सांकेतिक भाषा प्रयोग गरी व्यक्त गरिएको कथाबाट प्राप्त सङ्केतहरू समावेश छन्। साथै झ्यान्कोट सांकेतिक भाषा प्रयोगकर्ताहरूको सामाजिक-सांस्कृतिक वातावरणका फोटोहरू पनि समावेश गरिएको छ।
Collection history
Videos were made with 2 particpants in Kathmandu in June 2024 and in Jhyankot villages in August 2024. We are currently translating the videos from sign language into English.
सन्दर्भ इतिहास
नेपाली:जुन २०२४ मा काठमाण्डौमा र अगस्त २०२४ मा झ्याँकोट गाउँमा २ जना सहभागीहरु मिलेर भिडियोहरु बनाइएका थिए | हाल हामी सांकेतिक भाषाबाट भिडियोहरुलाई अंग्रेजीमा अनुवाद गर्दैछौं |
References / सन्दर्भहरू
Eberhard, David M., Gary F. Simons, and Charles D. Fennig (eds.). 2023. Ethnologue: Languages of the World. Twenty-sixth edition. Dallas, Texas: SIL International. Online: http://www.ethnologue.com (accessed 15 Jan 2024).
एबरहार्ड, डेभिड एम., ग्यारी एफ. साइमन्स, र चार्ल्स डी. फेनिग (eds.). सन् २०२३। एथ्नोलग: ल्यांग्वेजेस अफ द वर्ल्ड । २६औँ संस्करण। डलास, टेक्सासः सिल इन्टरनेसनल। अनलाइनः http://www.ethnologue.com (श्रोत १५ ज्यानवरी २०२४).
Graif, Peter (2018). Being and Hearing: Making Intelligible Worlds in Deaf Kathmandu. Chicago: Hau Books.
ग्रेफ, पिटर (२०१८). बिइंग एण्ड हेरिंग ; मेकिंग इन्टेलिजिबल वर्ल्ड इन डेफ काठमाडौँ । सिकागोः हाउ बुक्स।
Green, Mara. 2024. em>Making Sense: Language, Ethics, and Understanding in Deaf Nepal. Berkeley: University of California Press.
ग्रीन, मारा। सन् २०२४ मा। मेकिङ सेन्सः ल्याङ्गुएज, एथिक्स एन्ड अन्डरस्टेन्डिङ इन डेफ नेपाल। बर्कलेः युनिभर्सिटी अफ क्यालिफोर्निया प्रेस।
Hofer, Theresia (Forthcoming). Sign Languages and Gesture in Tibet and the Himalayas, In: The Oxford Guide to the Tibeto-Burman Languages (Eds.) Kristine Hildebrandt, David Peterson, Yankee Modi and Hiroyuki Suzuki. Oxford: Oxford University Press.
होफर, थेरेसिया (आगामी). साइन ल्यांवेजेस एण्ड जेस्चर इन टिबेट एण्ड हिमालायस, अक्सफोर्ड गाइड टु तिबेटो-बर्मन ल्यांग्वेजेस (Eds.) क्रिस्टिन हिल्डेब्रान्ट, डेभिड पिटरसन, यान्की मोदी र हिरोयुकी सुजुकी। अक्सफोर्डः अक्सफोर्ड युनिभर्सिटी प्रेस।
Hoffmann-Dilloway, Erika. 2016. Signing and Belonging in Nepal. Gallaudet University Press.
हफम्यान-डिलोवे, एरिका। सन् २०१६। साइनइंग एण्ड बिलोंगिंग इन नेपाल। गलाउडेट युनिभर्सिटी प्रेस।
Hurlbut, Hope (2012). A Lexicostatistical Survey of the Signed Languages in Nepal. SIL International.
हर्लबट, होप (२०१२)। अ लेक्सिकोस्टाटिस्टिकल सर्वे अफ सैंड ल्यांग्वेजेस इन नेपाल। एस आइ एल इन्टरनेसनल
Sharma, Shilu. (2079 BS, 2023). The Structure of Nepali Sign Language. Kathmandu: Nepal Academy, Kamaladi .
शर्मा, शिलु। २०७९। नेपाली सांकेतिक भाषाको स्वरूप । काठमाडौँः नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ ।
सन्दर्भ
Taylor, Irene (1997) Buddhas in Disguise: Deaf People of Nepal. Dawn Sign Press: San Diego.
Acknowledgement and citation
To refer to any data from the collection, please cite as follows:
Hofer, Theresia and Arjun Shrestha. 2024. Jhyankot Sign Language Collection. Endangered Languages Archive. Handle: http://hdl.handle.net/2196/8c62cca4-25c1-46d8-8496-fc205442b104. Accessed on [insert date here].
सम्मान र उद्धरण
नेपाली: यस संग्रहबाट कुनै सन्दर्भ चाहनु हुन्छ भने कृपया निम्नानुसार उद्धृत गर्नुहोस्:
हफ़र, थेरेसिया र अर्जुन श्रेष्ठ, २०२४ झ्याँकोट सांकेतिक भाषा सन्दर्भ, लोपोन्मुख भाषा अभिलेख | Handle: http://hdl.handle.net/2196/8c62cca4-25c1-46d8-8496-fc205442b104. Accessed on [insert date here].

