Jumli Sign Language / जुम्ली सांकेतिक भाषा

Bhakta Dangi (right) signing Jumli sign Language with Devendra Timilsena (left) / देवेन्द्र तिमिल्सिना (बायाँ) सँग जुम्ली सांकेतिक भाषा प्रयोग गर्दै भक्त डाङ्गी (दायाँ). Photo by Suman Aryal 2024. Click on image to access collection.
| Language | Jumli Sign Language |
| Depositor | Theresia Hofer, Arjun Shrestha |
| Affiliation | University of Bristol |
| Location | Nepal |
| Collection ID | 0798 |
| Grant ID | MDP1045 |
| Funding Body | ELDP |
| Collection Status | Collection online |
| Landing Page Handle | http://hdl.handle.net/2196/3b7ddbd6-82e5-40e2-a546-d423ba6ecfb9 |
Summary of the collection
English: Jumli Sign Language is a shared sign language used by roughly 100 – 300 deaf and hearing people mainly in rural villages in Sinja valley, Choudhabis valleys and Tatopani area, Jumla District, north-western Nepal (29° 25′ 00” N 82° 21′ 67” E). The extent of endangerment is at present unknown but Nepali Sign Language is becoming more dominant. At nearbye Karnali Secondary School, Anamnagar, Jumla District capital, a small resident deaf student cohort uses the national Nepali Sign Language (NSL) with each other and a resident Deaf teacher. The Jumli Sign Language collection presents visual materials, such as video-recorded short biographies of Jumli signers, elicited signs from a written and picture-based wordlist and a signed story, as well as photos of the socio-cultural environment of Jumli Sign Language users and drawings of Jumli signs.
सङ्ग्रहको सारांश
नेपाली: जुम्ली सांकेतिक भाषा एक साझा सांकेतिक भाषा हो जुन लगभग १००-३०० बहिरा र सुन्ने मानिसहरूले मुख्यतया सिञ्जा उपत्यका, चौधबिस उपत्यका र तातोपानी क्षेत्र, जुम्ला जिल्ला, उत्तर-पश्चिमी नेपाल (29°25′00″ N 82°21′67″ E) का ग्रामीण क्षेत्रहरुमा प्रयोग गर्छन्। जुम्ली सांकेतिक भाषाको खतराको सीमा अहिले अज्ञात छ तर नेपाली सांकेतिक भाषा अझ प्रबल हुँदै गइरहेको छ। नजिकै जुम्ला जिल्लाको राजधानी, अनामनगरको कर्णाली माध्यमिक विद्यालयमा एक सानो निवासी बहिरा विद्यार्थी समूहले एकअर्कासँग र एक निवासी बहिरा शिक्षकसंग राष्ट्रिय नेपाली सांकेतिक भाषा (एन एस एल) प्रयोग गर्दछन्। जुम्ली सांकेतिक भाषा सङ्ग्रहले दृश्य सामग्रीहरू प्रस्तुत गर्दछ, जस्तै जुम्ली सांकेतिक भाषामा भिडियो-रेकर्ड गरिएको छोटो जीवनीहरू, लिखित र चित्र-आधारित शब्दसूची र सांकेतिक भाषा प्रयोग गरिएको कथाबाट प्राप्त सङ्केतहरू। साथै जुम्ली सांकेतिक भाषा प्रयोगकर्ताहरूको सामाजिक-सांस्कृतिक वातावरणका फोटोहरू र जुम्ली सङ्केतहरूको रेखाचित्रहरू प्रस्तुत गरिएको छ।
Group represented
English: The group represented in this collection are signers of Jumli Sign Language (in the literature and other databases also referred to as ‘Jumla Sign Language’) and include signers who are deaf and hearing, of different age groups and villages, mainly from Sinja and Chaudhabis valleys in the western part of Jumla District (about 7 hours drive from Jumla District capital). In addition one deaf teacher (a native Nepali Sign Language user) who has learned Jumli Sign Language and a Jumli Sign Language user resident in Jumla District capital are also represented in the collection. The main researchers and recorders of the videos are two Nepali researchers not originally from Jumla, but who have lived and worked there for many years: one is Deaf (from the Terai), Yubraj Kheshar Khanal, and one is hearing (from Kathmandu), Devendra Timilsena, and both are teachers to deaf students in Jumla and have research interests in Jumli Sign Language.
प्रतिनिधित्व गर्ने समूह
नेपाली: यस सङ्ग्रहमा प्रतिनिधित्व गरिएको समूहले जुम्ली सांकेतिक भाषा प्रयोग गर्दछन्(साहित्य र अन्य डेटाबेसमा ‘जुम्ला सङ्केत भाषा’ पनि भनिन्छ) र यसमा विभिन्न उमेर समूह र गाउँका बहिरा र सुन्नेहरू समावेश छन्, मुख्यतया जुम्ला जिल्लाको पश्चिमी भागको सिञ्जा र चौधबिस (दूरी: जुम्ला जिल्लाको राजधानीबाट ७ घण्टा गाडीमा) उपत्यकाहरूबाट समावेश छन् । यसबाहेक सङ्ग्रहमा जुम्ली सांकेतिक भाषा सिकेका एकजना बहिरा शिक्षक (मूल नेपाली सांकेतिक भाषा प्रयोगकर्ता) र जुम्ला जिल्लाको राजधानीमा बसोबास गर्ने जुम्ली सांकेतिक भाषा प्रयोगकर्ताको पनि प्रतिनिधित्व रहेको छ। भिडियोका मुख्य अनुसन्धानकर्ता र रेकर्डरहरू दुई जना नेपाली अनुसन्धानकर्ताहरू हुन् जो मूल रूपमा जुम्लाका होइनन्। तर धेरै वर्षदेखि त्यहाँ बस्दै आएका छन्ः एक जना बहिरा (तराईका) युबराज खेसर खानल, र एक जना सुन्ने (काठमाडौँका) देवेन्द्र तिमिल्सेना, र दुवै जुम्लाका बहिरा विद्यार्थीहरूका शिक्षक हुन् र जुम्ली सांकेतिक भाषा अनुसन्धानमा रुचि राख्छन्।
Language information
English: According to Ethnologue (2023), Jumla Sign Language (which is the same as Jumli Sign Language) has 8 users, is mainly used in Chandannath Rural Municipality (Jumla District), and has 45-49% lexical similarly with Nepali Sign Language. This information now needs to be updated, as we can draw on more detailed research carried out by Devendra Timilsena for his MA dissertation in linguistics at Tribhuvan University with users of Jumli Sign Language in Jumla District in 2015 (Timilisena 2015), as well as his subsequent work on a Jumli Sign Language Dictionary published in Nepali in 2018 (Timilisena 2018).
Timilsena suggests the language should be called Jumli Sign Language, following Nepali grammar and as it is the locally preferred term (following the same convention as for the spoken language Nepali, > ‘Jumli’). For the creation of Jumli Sign Language Dictionary Timilsena has consulted and worked with overall 47 deaf people in overall 8 areas across 7 Rural Municipalities and 1 Municipality of Jumla District, including villages in Sinja and Choudhabis valleys, in Tatopani Rural Municipality and in Chandannath Municipality itself, where Jumla District capital is located. The dictionary was published privately in Nepal and lists 647 lexical signs, out of which 112 correspond to Nepali Sign Language. There are 497 that do not match the signs of Nepali Sign Language. There are 38 words that are not in the Nepali Sign Language dictionary. This suggests a much lower percentage of similarity between Jumli Sign Language and NSL than Ethnologue suggested based on Hurlbut’s limited work in Jumla. Timilsena has since collected further Jumli signs, but they have not yet been published. As part of the current documentation project, these alongside further signs and video documentation gathered as part of the documentation work, will be published.
Regarding numbers of Jumli Sign Laguage users, Timilsena estimates about 300 people, including deaf and hearing signers. The fact that both Hurlbut and Timilsena had to go search for deaf people using Jumli Sign Language across a wider area (in the case of Timilsena across 7 Rural Municipalities and 1 Municipality), suggests there maybe a different socio-linguistic situation of Jumli Sign Language by contrast to Ghandruk Sign Language in Annapurna Rural Municipality of Nepal, which is mainly used in a few key villages within two neighbouring wards there (Hofer, forthcoming). Jumli Sign Language by comparison does not seem to be used in a single village or a cluster of nearbye villages, but in a more scattered way. We do not know whether within these areas there are clusters of deaf people or whether deaf people are scattered evenly, also evidenced in the statement on Ethnologue that deaf children attending a small deaf school in Jumla “come from 1-2 days walk away and do not know Jumla Sign Language” (Eberhard et al 2023). As part of the documentation project we will also try and establish, whether there are “core areas” of Jumli Sign Language. A larger anthropological study would also aim to shed light on patterns of language use, marriage and residency practices of deaf people who use Jumli Sign Language as well as attitudes of hearing and deaf people towards deaf people using the local sign language.
भाषा जानकारी
नेपाली: एथ्नोलग (२०२३) Ethnologue (2023) का अनुसार जुम्ला सांकेतिक भाषा (जुन जुम्ली सांकेतिक भाषा जस्तै हो) का ८ जना प्रयोगकर्ता छन्, यो मुख्यतया चन्दनाथ नगरपालिका (जुम्ला जिल्ला) मा प्रयोग गरिन्छ र नेपाली सांकेतिक भाषासंग ४५-४९% शाब्दिक छ। यस जानकारीलाई अब अद्यावधिक गर्न आवश्यक छ। किनकि हामी देवेन्द्र तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानमा एम ए शोध प्रबंधका लागि जुम्ला जिल्लाको जुम्ली सांकेतिक भाषाका प्रयोगकर्ताहरूसँग सन् २०१५ (तिमिल्सिना २०१५) र त्यसपछि सन् २०१८ मा नेपालीमा प्रकाशित जुम्ली सांकेतिक भाषा शब्दकोशमा उनको कामका लागि गरेको थप विस्तृत अनुसन्धानबाट लिन सक्छौँ। (तिमिल्सिना २०१८).
तिमिल्सिनाले नेपाली व्याकरणलाई पछ्याउँदै र स्थानीय रूपमा रुचाइएको शब्द भएकाले भाषालाई जुम्ली साङ्केतिक भाषा भन्नु पर्ने सुझाव दिन्छन् (बोल्ने भाषा नेपाली, > ‘जुम्ली’ भन्ने मान्यतालाई पछ्याउँदै)। जुम्ली सांकेतिक भाषा शब्दकोश निर्माणका लागि तिमिल्सिनाले जुम्ला जिल्लाको ७ वटा गाउँपालिका र एउटा नगरपालिका गरेर कूल ८ वटा क्षेत्रमा कार्य गरेका छन्। यस क्षेत्रमा सिञ्जा र चौधबिस उपत्यकाका गाउँ, तातोपानी गाउँपालिका र जुम्ला जिल्लाको राजधानी रहेको चन्दनाथ नगरपालिका पनि पर्दछ। शब्दकोश निर्माणका लागि ४७ जना बहिराहरूसँग परामर्श गरी काम गरेका छन्। यो शब्दकोश नेपालमा निजी रूपमा प्रकाशित भएको थियो। यसको सूचीमा ६४७ लेक्सिकल (शाब्दिक) संकेतहरुहरू, जसमध्ये ११२ नेपाली सांकेतिक भाषासँग मेल खान्छ। त्यहाँ ४९७ संकेतहरु नेपाली सांकेतिक भाषासँग मेल खांदैनन्। त्यहाँ ३८ शब्दहरू छन् जुन नेपाली सांकेतिक भाषा शब्दकोशमा छैनन्। यसले जुम्लामा हर्लबुटको(Hurlbut) सीमित कामको आधारमा सुझाउ गरिएको एथ्नोलगको तुलनामा जुम्ली सांकेतिक भाषा र एनएसएल (NSL) बीचको समानताको धेरै कम प्रतिशतको सुझाव दिन्छ। त्यसपछि तिमिल्सिनाले थप जुम्ली सङ्केतहरू सङ्कलन गरेका छन्, तर ती अहिलेसम्म प्रकाशित भएका छैनन्। हालको दस्तावेज परियोजनाको भागको रूपमा, यी संकेतहरुका साथै यस परियोजनाका लागि संकलन गरिएका थप सङ्केतहरू र भिडियो दस्तावेजहरू सँगै प्रकाशित गरिनेछ।
जुम्ली सांकेतिक भाषा प्रयोगकर्ताहरूको सङ्ख्याको सन्दर्भमा, तिमिल्सिनाले बहिरा र सुन्ने प्रयोगकर्ता गरि लगभग ३०० जनाको अनुमान गरेका छन्। हुर्लबुट (Hurlbut) र तिमिल्सिना दुवैले जुम्ली सांकेतिक भाषाको प्रयोग गरेर फराकिलो क्षेत्रमा बहिरा मानिसहरूको खोजी गर्नुपरेको तथ्यले (तिमिल्सिनाको मामलामा ७ गाउँपालिका र १ नगरपालिका) जुम्ली सांकेतिक भाषाको फरक सामाजिक-भाषिक अवस्था हुनसक्छ । नेपालको अन्नपूर्ण गाउँपालिकामा घान्द्रुक साङ्केतिक भाषाको विपरित, जुन मुख्यतया त्यहाँका दुई छिमेकी वडा भित्रका केही प्रमुख गाउँहरूमा प्रयोग गरिन्छ । तुलनात्मक रूपमा जुम्ली सांकेतिक भाषा एउटा गाउँ वा नजिकैका गाउँहरूको समूहमा प्रयोग भएको देखिँदैन, तर छरिएका तरिकामा प्रयोग भएको देखिन्छ। हामीलाई थाहा छैन कि यी क्षेत्रहरूमा बहिराहरूका समूहहरू छन् वा बहिराहरू समान रूपमा छरिएका छन् कि छैनन् । जुम्लाको एउटा सानो बहिरा विद्यालयमा जाने बहिरा बालबालिकाहरू “१-२ दिनको पैदल दूरीबाट आउँछन् र जुम्ला साङ्केतिक भाषा जान्दैनन्” (एबरहार्ड इत अल २०२३) (Eberhard et al 2023) को एथनोलोगमा (Ethnologue) पनि प्रमाण छ। दस्तावेजीकरण परियोजनाको भागको रूपमा हामी जुम्ली सांकेतिक भाषाका “मुख्य क्षेत्रहरू” छन् कि छैनन् भनेर स्थापित गर्ने प्रयास गर्नेछौँ। ठुलो मानवशास्त्रीय अध्ययनले जुमली सङ्केत भाषा प्रयोग गर्ने बहिराहरूको भाषा प्रयोग, विवाह र निवास अभ्यासका ढाँचाहरू साथै स्थानीय सङ्केत भाषा प्रयोग गर्ने बहिराहरूप्रति सुन्ने र बहिराहरूको मनोवृत्तिको बारेमा प्रकाश पार्नु पनि लक्ष्य राख्छ।बृहत् मानवशास्त्रीय अध्ययनले जुम्ली साङ्केतिक भाषा प्रयोग गर्ने बहिरा व्यक्तिहरूको भाषा प्रयोग, विवाह र बसोबास गर्ने अभ्यासका साथै स्थानीय सांकेतिक भाषा प्रयोग गर्ने बहिराहरूप्रति सुन्ने र बहिराहरूको मनोवृत्तिको बारेमा प्रकाश पार्नु पनि लक्ष्य राख्छ।
References
English: Eberhard, David M., Gary F. Simons, and Charles D. Fennig (eds.). 2023. Ethnologue: Languages of the World. Twenty-sixth edition. Dallas, Texas: SIL International. Online: http://www.ethnologue.com (accessed 15 Jan 2024)
Hofer, Theresia (Forthcoming). Sign Languages and Gesture in Tibet and the Himalayas, In: The Oxford Guide to the Tibeto-Burman Languages (Eds.) Kristine Hildebrandt, David Peterson, Yankee Modi and Hiroyuki Suzuki. Oxford: Oxford University Press
Hurlbut, Hope (2012). A Lexicostatistical Survey of the Signed Languages in Nepal. SIL International
Timilsena, Devendra Upadhaya (देवेन्द्र तिमिल्सिना उपाध्याय ). 2015 [२०१५, 2072]. Jumli Sign Language (बहिरा आफन्तहरू ), unpublished MA thesis in linguistics, Tribhuvan University, Kathmandu (त्रिभुवन विश्वविद्यालय काठमाडौं)
Timilsena, Devendra Upadhaya (देवेन्द्र तिमिल्सिना उपाध्याय ). 2018 [२०७४, 2074]. Jumli Sign Language Dictionary (जुम्ली साङ्केतिक भाषा शब्दकोश). Kathmandu: Ganesh Prasad and Purwakanya Timilsena Publishers (गणेश प्रसाद तिमिल्सिना, पुर्वकन्या तिमिल्सिना)
सन्दर्भहरू
नेपाली: एबरहार्ड, डेभिड एम, ग्यारी एफ. साइमन्स, र चार्ल्स डी. फेनिग (eds.). २०२३. एथनोलोग: ल्यांग्वेजेस अफ द वर्ल्ड २६औँ संस्करण। डलास, टेक्सासः एस आइ एल इन्टरनेसनल। अनलाइनः http://www.ethnologue.com (१५ जनवरी २०२४ मा पुन: प्राप्त)
होफर, थेरेसिया (आगामी). साइनल्यांग्वेजेस एण्ड जेस्चर इन टिबेट एण्ड द हिमालायज, इन: द अक्सफोर्ड गाइड टु द टिबेटो-बर्मन ल्यांग्वेजेस (Eds.) क्रिस्टिन हिल्डेब्रान्ट, डेभिड पिटरसन, यान्की मोदी र हिरोयुकी सुजुकी। अक्सफोर्डः अक्सफोर्ड युनिभर्सिटी प्रेस
हर्लबट, होप (२०१२). लेक्सिकोस्टाटिस्टिकल सर्वे अफ द साइन्ड ल्यांग्वेजेस इन नेपाल। एस आइ एल इन्टरनेसनल
तिमिल्सेना, देवेन्द्र उपाध्याय (देवेन्द्र तिमिल्सन उपाध्याय) २०७२ जुम्ली साइन ल्याङ्गुएज अप्रकाशित एमए थीसिस लिंग्विस्टिक्स, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ
तिमिल्सिना, देवेन्द्र उपाध्याय २०७४, जुम्ली सांकेतिक भाषा शब्दकोश। काठमाडौँः गणेशप्रसाद र पूर्वकन्या तिमिल्सेना प्रकाशक
Acknowledgement and citation
English: To refer to any data from the collection, please cite as follows:
Hofer, Theresia and Arjun Shrestha. 2024. Jumli Sign Language. Endangered Languages Archive. Handle: http://hdl.handle.net/2196/10ef493d-f5d8-40c6-931c-7bf34de0baed. Accessed on [insert date here].
स्वीकृति र उद्धरण
नेपाली: सङ्कलनबाट कुनै पनि डेटालाई सन्दर्भ गर्न, कृपया निम्नानुसार उद्धृत गर्नुहोस्ः
होफर, थेरेसिया र अर्जुन श्रेष्ठ। सन् २०२४। जुम्ली साइनल्यांग्वेज। इन्डेन्जर्ड ल्यांग्वेजेस आर्काइभ। ह्यान्डल: http://hdl.handle.net/2196/10ef493d-f5d8-40c6-931c-7bf34de0baed [यहाँ सम्मिलित मिति] मा पहुँच गरियो।

