Ghandruk Sign Language Collection

In the photo, Mr. Gyan Bahadur, a researcher of Ghandruk Sign Language (Village Sign Language), is seen standing in front of Ghandruk village, a Gurung community settlement, while taking the photo. The village is surrounded by mountains. / फोटोमा घान्द्रुक सांकेतिक भाषा (ग्रामीण सांकेतिक भाषा) का अनुसन्धानकर्ता श्री ज्ञानबहादुर फोटो खिच्दा गुरुङ् समुदायको बस्ती घान्द्रुक गाउँ अगाडि उभिएको देखिन्छ। गाउँ पहाडले घेरिएको छ। Photo by Sandip Magar 2024. Click on image to access collection.
| Language | Ghandruk Sign Language |
| Depositor | Theresia Hofer, Bishwamitra Bhitrakoti |
| Affiliation | University of Bristol |
| Location | Nepal |
| Collection ID | 0797 |
| Grant ID | MDP1045 |
| Funding Body | ELDP |
| Collection Status | Collection online |
| Landing Page Handle | http://hdl.handle.net/2196/a55b3a3a-1576-4901-b017-c341e565d0b6 |
Summary of the collection
English: Ghandruk Sign Language is a shared sign language used by approximately 400 – 500 deaf and hearing people mainly in rural villages in wards 10 and 11 of Anapurna Rural Municipality, Kaski District, western Nepal (28°22’35.1″N 83°48’41.5″E). The extent of endangerment is at present unknown but the national sign language, Nepali Sign Language (NSL) is becoming more dominant. Deaf children and youth native to Ghandruk area are learning the NSL in the nearest residential Deaf school in Pokhara, as well as through social media. The Ghandruk Sign Language collection presents visual materials, such as video-recorded short biographies of Ghandruk signers, elicited signs from a written and picture-based wordlist and a signed story, as well as photos of the socio-cultural environment of Ghandruk Sign Language users.
सङ्ग्रहको सारांश
नेपाली: घान्द्रुक सांकेतिक भाषा एउटा साझा सांकेतिक भाषा हो | मुख्यतया अन्नपूर्ण गाउँपालिका, कास्की जिल्ला, पश्चिम नेपाल (28°22’35.1″N 83°48’41.5″E) का वडा १० र ११ का ग्रामीण क्षेत्रका लगभग ४०० देखि ५०० जना बहिरा र सुन्ने मानिसहरूले यस भाषालाई प्रयोग गर्छन्। घान्द्रुक सांकेतिक भाषाको लोप हुने खतराको सिमा अहिले अज्ञात छ तर राष्ट्रिय सांकेतिक भाषा, नेपाली सांकेतिक भाषा (एन एस एल) बढी प्रभावशाली हुँदै गइरहेको छ। घान्द्रुक क्षेत्रका बहिरा बालबालिका र युवाहरूले पोखराको नजिकको आवासीय बहिरा विद्यालय र सामाजिक सञ्जालमार्फत नेपाली सांकेतिक भाषा (एन एस एल) अध्ययन गरिरहेका छन्। घान्द्रुक सांकेतिक भाषा सङ्ग्रह अन्तर्गत दृश्य सामग्रीहरू जस्तै घान्द्रुक सांकेतिक भाषा प्रयोग गरेर खिचिएको छोटा जीवनीहरू, लिखित र चित्रमा आधारित शब्द-सूची एवं सांकेतिक भाषामा प्रस्तुत कथाबाट प्राप्त सङ्केतहरू, साथै घान्द्रुक सांकेतिक भाषा प्रयोगकर्ताहरूको सामाजिक-सांस्कृतिक वातावरणका फोटोहरू राखिएको छ
Group represented
English: The group represented in this collection are signers of Ghandruk Sign Language and include signers who are deaf and hearing, of different age groups and villages – mainly Ghandruk, Hundu, Kimrong and Chomrong- located within wards 10 and 11 of Anapurna Rural Municipality, Kaski District, Nepal. In addition, the two language researchers, Bishwamitra Bhitrakoti and Gyan Bhitrakoti, are also represented in the collection. Both researchers are native Ghandruk signers from Ghandruk village. They now live and work in Pokhara and Kathmandu and Bishwamitra Bhitrakoti is actively involved in Deaf, disability and sign language activism and research in Nepal.
प्रतिनिधित्व गर्ने समूह
नेपाली: यस सङ्ग्रहमा प्रतिनिधित्व गरिएका समूह घान्द्रुक सांकेतिक भाषाका प्रयोगकर्ताहरू हुन्। यसमा विभिन्न उमेर समूह र गाउँहरू-मुख्यतया नेपालको कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १० र ११ भित्रका घान्द्रुक, हुन्डु , किम्रोङ्ग र छोम्रोङ्ग – गाउँका बहिराहरू र सुन्नेहरू पनि समावेश छन्। यसबाहेक दुई भाषा अनुसन्धानकर्ताहरू, विश्वमित्र भित्रकोटी र ज्ञान भित्रकोटीलाई पनि सङ्ग्रहमा प्रतिनिधित्व गरिएको छ। दुवै अनुसन्धानकर्ताहरू घान्द्रुक गाउँका मूल घान्द्रुक सांकेतिक भाषा प्रयोगकर्ताहरु हुन्। उनीहरू अहिले पोखरा र काठमाडौँमा बस्छन् र काम गर्छन्। विश्वमित्र भित्रकोटी नेपालमा बहिरा, अपाङ्गता र सांकेतिक भाषाको वकालत र अनुसन्धानमा संलग्न छन्।
Language information
English: According to Ethnologue (2023), Ghandruk Sign Language has 20 users, which based on latest research we can now at least double to 40 documented users in Ghandruk village itself and to between 400 and 500 overall. The language is used in several wards, but mainly in wards 10 and 11 of Annapurna Rural Municipality (Kaski District), by family members, neighbours and community members in villages or households with or close to deaf residents. Ghandruk village gave the name to the language in English and is the most accessible village, well known due to its location on the popular Annapurna circuit trekking route.
Ghandruk has been visited as part of Hurlbut’s fieldwork in 2007 when she and a colleague worked with 3 signers as part of a lexico-statistical study of signed languages in Nepal (Hurlbut 2012) the research forming the basis for the ISO registration of Ghandruk and then the Ethnologue entry. A brief pilot study in spring 2023 and the current documentation project add to this limited study and the scarce, now outdated information on Ethnologue (Hofer, forthcoming).
The Ghandruk sign used for the language locally is simply “sign”, it needs no qualifier. The Anapurna Deaf Association (ADA) president from Ghandruk and staff and interpreters at the Kathmandu-based National Federation of the Deaf Nepal (NFDN), refer to the language conversely as “natural sign”, “village sign” and through our increasing engagement as “Ghandruk Sign” in NSL. Local hearing people in villages where Ghandruk Sign Language is used, refer to the language often in a derogatory way and use lato basa – “dumb language”, in spoken Gurung and Nepali, and in sign as “lato sign”.
Ghandruk village is a predominantly Gurung village and Gurung is the main spoken language, with most hearing residents also fluent in Nepali. Deaf children in the village until recently attended the local village primary school as many remain unaware about the nearby Deaf school or need children as workers in the home. In recent years some deaf children began attending the residential Pokhara Deaf School. Women and men marry both deaf and hearing villagers, who may come from Ghandruk or marry into Ghandruk from surrounding villages and areas. A large number of deaf-deaf marriages are reported. The main source of livelihood in the area is subsistence agriculture, tourism and wage labour in low lying areas and abroad (with the latter not having been taken up by deaf residents so far).
Based on initial video documents it seems that hearing residents using Ghandruk Sign are less proficient than deaf residents, even if they had close deaf family members. For instance, a hearing man living at 1-hour distance from Ghandruk village, married to a deaf woman with two hearing children and a deaf sister in law, was considered quite proficient in the language. Yet, when recording Ghandruk signs for concepts on the English/Gurung word list, he was able to sign less than 50 % of the word list, mouthing many of the remaining concepts in Gurung or Nepali (Hofer, forthcoming). This task was otherwise easily carried out in Ghandruk SL by the two other deaf signers with over 80% of the concepts on the word list signed (Ibid). Although this is far too small a sample, such findings fit well with other studies that show how signing proficiency is commonly lower among hearing than deaf signers in shared signing communities (e.g. Kusters 2015, Nyst 2012).
Counter to the ideal of deaf villages as “deaf utopias” and that shared signing communities offer the same or similar professional and economic prospects to deaf resident, deaf villagers in Ghandruk and surrounding villages were overly represented in doing care and service work for elderly villagers in better-off households (Hofer, forthcoming). They also depended in many cases on carrying out more menial jobs than hearing members of their households, such as cutting grass for animals and were often involved in more heavy types of daily wage labour, including carrying wood and construction of houses and buildings (ibid).
There is so far no in-depth linguistic or anthropological study with Ghandruk signers and / or deaf people in Anapurna Rural Municipality.
भाषा जानकारी
नेपाली: (Ethnologue) एथ्नोलग (२०२३) अनुसार घान्द्रुक सांकेतिक भाषाका २० जना प्रयोगकर्ताहरू छन्, नवीनतम अनुसन्धानको आधारमा अब हामी घान्द्रुक गाउँमा नै कम्तिमा यस संख्यालाई दोब्बर गरी ४० जना प्रयोगकर्ताहरूसम्म र समग्रमा ४०० जनादेखि ५००जनाको बीचमा राख्न सक्छौ। यो भाषा धेरैवटा वडाहरूमा प्रयोग गरिन्छ, तर मुख्यतया अन्नपूर्ण गाउँपालिका (कास्की जिल्ला) को वडा १० र ११ मा प्रयोग गरिन्छ । परिवारका सदस्यहरू, छिमेकीहरू र गाउँका समुदायका सदस्यहरू वा बहिरा बासिन्दाहरू भएका वा उनीहरुको नजिकका घरहरूमा घान्दुक सांकेतिक भाषा प्रयोग गरिन्छ। घान्द्रुक गाउँले अङ्ग्रेजीमा भाषाको नाम दिएको छ | यो गाँउ सबैभन्दा पहुँचयोग्य गाउँ हो | लोकप्रिय अन्नपूर्ण सर्किट पदयात्रा मार्गमा अवस्थित भएको कारणले यो गाँउ प्रसिद्ध छ।
सन् २००७ मा हर्लबटको एक अध्ययनकार्यको रूपमा घान्दुकको भ्रमण गरिएको थियो । त्यसबेला उनी र उनका एक सहकर्मीले नेपालमा सांकेतिक भाषाहरुको शाब्दिक-तथ्यांकीय (lexico-statistical) अध्ययनलाई एक अंशको रूपमा ३ सांकेतिक भाषा प्रयोगकर्तासँग काम गरेका थिए(हर्लबट २०१२) | यस शोध कार्यले घान्द्रुक भाषा आइएसओ (ISO)मा दर्ता भयो। त्यसपछि एथ्नोलग प्रविष्टिको लागि पनि आधार भयो। सन् २०२३ को शरदमा गरिएको संक्षिप्त नमूना अध्ययन र हालको अभिलेखिकरण परियोजनाले यो सीमित अध्ययनमा र विरलै भेटिने र हाल निकै पुरानो हुन पुगेको एथ्नोलग सम्बन्धी जानकारीमा योगदान पुर्याउने काम गर्दछ (होफर, प्रकाशोन्मुख)।
स्थानीय रूपमा भाषाका लागि प्रयोग गरिने घान्द्रुक संकेत केवल “संकेत” मात्र हो, यसलाई कुनै योग्यताको आवश्यक पर्दैन। घान्द्रुकका अन्नपूर्ण बहिरा संघ (ए डी ए) का अध्यक्ष र काठमाडौँ स्थित राष्ट्रिय बहिरा महासंघ नेपाल (एन डी एफ एन) का कर्मचारी र दोभासेहरूले यस भाषालाई विपरित रूपमा “प्राकृतिक संकेत”, “ग्रामीण संकेत” को रूपमा उल्लेख गर्छन्, हाम्रो बढ्दो संलग्नताले एनएसएलमा “घान्द्रुक संकेत” को रूपमा उल्लेख गर्छन्। घान्द्रुक सांकेतिक भाषा प्रयोग हुने गाउँहरूमा स्थानीय सुन्ने मानिसहरूले प्रायः अपमानजनक तरिकाले भाषालाई बुझ्ने गर्छन् र मौखिक गुरुङ भाषा र नेपाली भाषामा ‘लाटो भाषा’ र संकेतमा “लाटो संकेत” को रूपमा प्रयोग गर्छन्।
घान्द्रुक गाउँ मुख्यतया गुरुङ गाउँ हो र मुख्य बोलिने भाषा गुरुङ हो। अधिकांश सुन्ने बासिन्दाहरू पनि नेपाली भाषा धाराप्रवाह रुपमा बोल्छन् । गाउँका बहिरा बालबालिकाहरु हालसम्म पनि स्थानीय गाउँको प्राथमिक विद्यालयमा पढ्ने गर्थे । तर हालका वर्षहरूमा पोखराको बहिरा विद्यालयमा पढ्न थालेका छन्। घान्द्रुकका धेरै परिवारहरू मिश्रित छन्, बहिरा र सुन्ने दुवै सदस्यहरू छन्। घान्द्रुकका वा वरपरका गाउँ र क्षेत्रहरुबाट महिला र पुरुष दुवैले बहिरा तथा सुन्नेसंग विवाह गर्छन् । धेरै सङ्ख्यामा बहिरा-बहिराबीच विवाह भएको तथ्यांक छ। यस क्षेत्रमा जीविकोपार्जनको मुख्य स्रोत तल्लो क्षेत्रमा कृषि, पर्यटन र विदेशमा मजदुरी हो। (अहिलेसम्म बहिरा बासिन्दाहरूले यसलाई अपनाएका छैनन्).
प्रारम्भिक भिडियो दस्तावेजहरूको आधारमा बहिरा बासिन्दाहरू भन्दा सुन्ने बासिन्दाहरु घान्द्रुक सांकेतिक भाषामा कम दक्ष देखिन्छन्। सुन्ने सांकेतिक भाषा प्रयोगकर्ताहरुको परिवारमा बहिरा सदस्यहरू भए पनि बहिरा बासिन्दाहरू भन्दा उनीहरु कम दक्ष देखिए। उदाहरणका लागि, घान्द्रुक गाउँबाट १ घण्टाको दुरीमा बस्ने एकजना सुन्ने पुरुषले, दुई सुन्ने बच्चा र एक बहिरा साली भएकी बहिरा महिलासँग विवाह गरे | ती सुन्ने व्यक्ति भाषामा निपुण थिए। यद्यपि, अङ्ग्रेजी/गुरुङ शब्द सूचीमा अवधारणाहरूका लागि घान्द्रुक सङ्केतहरू रेकर्ड गर्दा, उनले शब्द सूचीको ५०% भन्दा कम संकेत गर्न सक्षम भए, बाँकी धेरै अवधारणाहरू गुरुङ वा नेपालीमा बोले। (होफर,प्रकाशोन्मुख )। घान्द्रुक सांकेतिक भाषा प्रयोगकर्ता दुइजना बहिरा व्यक्तिले भने सजिलै संग संकेत गरे। उनीहरुले शब्द-सूचीमा ८०% भन्दा बढी अवधारणाहरूका साथ गरेका थिए। (ऐजन ऐजन).यद्यपि यो धेरै सानो नमूना हो | त्यस्ता निष्कर्षहरू अन्य अध्ययनहरूसँग पनि राम्रोसँग मेल खान्छन् जसले साझा सांकेतिक भाषा प्रयोग गर्ने समुदायहरूमा बहिरा सांकेतिक भाषा प्रयोगकर्ताहरू भन्दा सुन्ने प्रयोगकर्तामा संकेत गर्ने प्रवीणता कसरी सामान्यतया कम हुन्छ भनेर देखाउँदछ।(कस्टर्स २०१५, निस्ट २०१२) (e.g. Kusters 2015, Nyst 2012).
बहिरा गाउँहरूको आदर्शलाई “बहिरा युटोपिया” को रूपमा र साझा सांकेतिक भाषा प्रयोग गर्ने समुदायहरूले बहिरा बासिन्दाहरूलाई समान व्यावसायिक र आर्थिक सम्भावनाहरू प्रदान गर्दछ। घान्द्रुक र वरपरका गाउँका बहिरा गाउँलेहरूले घरहरूमा ज्येस्ठ नागरिकहरुको राम्रोसंग हेरचाह र सेवा कार्यमा अत्यधिक प्रतिनिधित्व गरिएको थियो।(होफ़र, प्रकाशोन्मुख). तिनीहरू धेरै कार्यहरूमा आफ्ना घरका सुन्ने सदस्यहरूभन्दा बढी सामान्य कामहरू गर्नमा निर्भर थिए, जस्तै जनावरहरूका लागि घाँस काट्ने र प्रायः काठ बोक्ने र घर र भवनहरूको निर्माण सहित अधिक भारी प्रकारका दैनिक ज्याला श्रममा संलग्न थिए। (ऐजन ऐजन).
अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक सांकेतिक भाषा प्रयोगकर्ता र/वा बहिराहरूसँग अहिलेसम्म कुनै गहिरो भाषिक वा मानवशास्त्रीय अध्ययन भएको छैन।
Collection contents
English:The Ghandruk Sign Language collection presents visual materials, such as video-recorded short biographies of Ghandruk signers, elicited signs from a written and picture-based wordlist and a signed story, as well as photos of the socio-cultural environment of Ghandruk Sign Language users.
संग्रह सामाग्रीहरु
नेपाली: घान्द्रुक सांकेतिक भाषा संग्रहमा दृश्यात्मक सामग्रीहरु जस्तै: घान्द्रुक सांकेतिक भाषा प्रयोगकर्ताको छोटो परिचयको भिडियो रेकर्ड, लिखित एवं चित्रमा आधारित शब्द्सुची र संकेत गरिएको कथाबाट संकेत हासिल गरिएको साथै घान्द्रुक सांकेतिक भाषा प्रयोगकर्ताहरुको सामाजिक – सांस्कृतिक वातावरणको तस्बिरहरु पाउन सकिन्छ |
References
English: Eberhard, David M., Gary F. Simons, and Charles D. Fennig (eds.). 2023. Ethnologue: Languages of the World. Twenty-sixth edition. Dallas, Texas: SIL International. Online: http://www.ethnologue.com (accessed 15 Jan 2024).
Hofer, Theresia (Forthcoming). Sign Languages and Gesture in Tibet and the Himalayas, In: The Oxford Guide to the Tibeto-Burman Languages (Eds.) Kristine Hildebrandt, David Peterson, Yankee Modi and Hiroyuki Suzuki. Oxford: Oxford University Press
Hurlbut, Hope (2012). A Lexicostatistical Survey of the Signed Languages in Nepal. SIL International
Kusters, Annelies. 2015. Deaf Space in Adamorobe: An ethnographic study in a Village in Ghana. Washington DC: Gallaudet University Press.
Nyst, Victoria. 2012. Shared Sign Languages. In: Handbook of Sign Languages. 2
सन्दर्भहरू
नेपाली: एबरहार्ड, डेभिड एम, ग्यारी एफ. साइमन्स, र चार्ल्स डी. फेनिग (eds.). सन् 2023। एथ्नोलग: ल्यांवेजेस अफ द वर्ल्ड २६औँ संस्करण। डलास, टेक्सासः सिल इन्टरनेसनल। अनलाइनः http://www.ethnologue.com (श्रोत १५ जनवरी २०२४)
होफर, थेरेसिया (प्रकाशोन्मुख). साइन ल्यांवेजेस एण्ड जेस्चर इन टिबेट एण्ड हिमालायस, अक्सफोर्ड गाइड टु तिबेटो-बर्मन ल्यांग्वेजेस (Eds.) क्रिस्टिन हिल्डेब्रान्ट, डेभिड पिटरसन, यान्की मोदी र हिरोयुकी सुजुकी। अक्सफोर्डः अक्सफोर्ड युनिभर्सिटी प्रेस
हर्लबट, होप (२०१२). अ लेक्सिकोस्टाटिस्टिकल सर्वे अफ सैंड ल्यांग्वेजेस इन नेपाल। एस आइ एल इन्टरनेसनल
कस्टर्स, एनेलिस। सन् २०१५। डेफ स्पेस इन एडमोरोब: एन एथ्नोग्राफिक स्टडी इन अ विलेज इन घाना । वासिङ्टन डीसीः गलाउडेट युनिभर्सिटी प्रेस।
निस्ट, भिक्टोरिया। सन् २०१२। सेर्ड साइन ल्यांग्वेजेस इन :ह्यान्डबुक। २
Acknowledgement and citation
English:To refer to any data from the collection, please cite as follows:
Bhitrakoti, Bishwamitra and Theresia Hofer. 2024. Ghandruk Sign Language Collection. Endangered Languages Archive. Handle: http://hdl.handle.net/2196/aef753e8-4554-4680-86d7-12eced38b21f. Accessed on [insert date here].
सम्मान र उद्धरण
नेपाली: यस संग्रहबाट कुनै सन्दर्भ चाहनु हुन्छ भने कृपया निम्नानुसार उद्धृत गर्नुहोस्:
भित्रकोटि, विश्वमित्र र थेरेसिया हफ़र, २०२४ घान्द्रुक सांकेतिक भाषा सन्दर्भ, लोपोन्मुख भाषा अभिलेख Handle: http://hdl.handle.net/2196/aef753e8-4554-4680-86d7-12eced38b21f. Accessed on [insert date here].

