search catalogue
catalogue

Documentation and Description of Seke (Nepal) / सेके (नेपाल) को दस्तावेजीकरण र विवरण

Landing page image for the collection 'Documentation and Description of Seke (Nepal)'

The Seke-speaking area in Mustang, near the village of Tshugsang, as seen in 2019. (Photo by Ross Perlin). Click on image to access collection. / सन् २०१९ मा देखिएको मुस्ताङको छुक्साङ्ग गाउँ नजिकैको सेके भाषी क्षेत्र (फोटो: रस पर्लिन)। संग्रह पहुँचको लागि फोटोमा क्लिक गर्नुस्।

Language Seke
Depositor Ross Perlin
Affiliation Endangered Language Alliance
Location Nepal
Collection ID 0541, 0736
Grant ID SG0543, IPF0427
Funding Body ELDP
Collection Status Collection online
Landing Page Handle http://hdl.handle.net/2196/7aaa3385-9644-4b0c-bb2a-2b5e60202df7

 

Summary of the collection

English: “Documentation and Description of Seke” is a corpus that currently holds approximately 40 hours of edited video recordings, including narratives and conversations about local history, significant sites, the Seke language, cultural change, religious life, livelihood, personal stories, and other narratives from a wide range of Seke speakers.

सङ्कलित संग्रह को सारांश

नेपाली: “सेकेको दस्तावेजीकरण र विवरण” एउटा संग्रह हो। जसमा हालसम्म लगभग ४० घण्टा सम्पादित भिडियो रेकर्डिङहरू, साथै स्थानीय इतिहास, महत्त्वपूर्ण स्थलहरू, सेके भाषा, सांस्कृतिक परिवर्तन, धार्मिक जीवन, जिविका,व्यक्तिगत कथाहरू, र सेके भाषीहरूको एक विस्तृत श्रृंखलाबाट लिइएका कथनहरु राखिएको कुराकानी र कथन समावेश गरिएका छन्।

Group represented

English: This collection includes recordings in and about the Seke language from the lower part of Upper Mustang in northern Nepal, including the varieties spoken in the town of Tshugsang (Chhusang), Tsangle (Chele), Timi (Tetang), Gyugu (Gyakar), and Tangbe. Also included are speakers based in Pokhara, Kathmandu, and New York City, where many Seke speakers from all five villages now live.

प्रतिनिधि समूह

नेपाली: यस सङ्कलनमा, उत्तरी नेपालको माथिल्लो मुस्ताङको तल्लो भागको सेके भाषाको बारेमा सेके भाषामा गरिएका रेकर्डिङहरू समावेश छन्, जसमा त्सुसाङ (छुक्साङ्ग ), त्साङ्गले (चेले), तीमी (तेताङ्ग), घुगू (घ्याकार) र ताङ्बे गाउँका विविध सेके भाषीहरु पनि छन्। साथै समावेश गरिएका वक्तामा हाल पोखरा, काठमाडौं र न्यूयोर्क शहरमा बसोबास गरिरहेका पाँचै गाउँका सेके भाषीहरू पनि छन् ।

 

Language information

English: Seke, a little-documented Tibeto-Burman language of the Tamangic branch, has at most 700 speakers from five villages of the Mustang District in northern Nepal. Today the language is highly endangered, with few speakers under 40 years old, large-scale outmigration of all but the elderly, and even older speakers shifting to Nepali.

भाषाको जानकारी

नेपाली: सेके,तामाङगि शाखाको निम्न -अभिलेख भएको तिब्बती-बर्मन भाषा , उत्तरी नेपालको मुस्ताङ जिल्लाका पाँचवटा गाउँका बढीमा ७०० जनाले मात्र बोल्छन। ४० वर्ष भन्दा कम उमेरका केही भाषीहरुमात्र भएको, सबै बासिन्दा र बृद्धाहरुको समेत ठूलो मात्रामा बाह्रय प्रबास र वृद्धा पिढिहरु पनि नेपाली भाषातर्फ उन्मुख भएको कारणले आज यो भाषा अत्यधिक लोपोन्मुख अवस्थामा छ।

 

Special characteristics

English: Some Seke speakers trace their language’s roots to the ancient Zhangzhung area in western Tibet, and there is recognition that other parts of what is now Loke-speaking Baragaon (the lower part of Upper Mustang) were also once Seke-speaking, too. As many narratives attest, rapid change has transformed Mustang in the last few decades, between major outmigration, the opening of the area to tourists, the loss of much of the area’s traditional independence, and inroads made by Nepali culture. Today’s Seke-speaking elders reiterate that they are not only the last generation who know the language fully, but also the last who remember the older lifeways and stories of the Seke-speaking villages. However, multilingualism and language contact have been a constant in the Seke-speaking area for many centuries, as frequent reference to and mixing with forms of Tibetan, Loke, and Nepali demonstrate.

विशेष विशेषताहरु

नेपाली: केही सेके भाषीहरूले आफ्नो भाषाको पुर्ख्यौली मूल पश्चिमी तिब्बतको प्राचीन झाङझुङ क्षेत्र भएको संकेत गर्छन् साथै हाल लोके-भाषी बासिन्दाको बाह्रगाउँ (माथिल्लो मुस्ताङको तल्लो भाग) को अन्य भागका बासिन्दा पनि सेके-भाषीहरु नै थिए भन्ने मान्यता छ। पर्यटकका लागि यस क्षेत्रको खुलापन, यस क्षेत्रले गुमाएको परम्परागत स्वाधीनता र नेपाली संस्कृतिले बनाएको प्रवेशको बिचमा बृहत् बाह्य प्रबासले पछिल्ला केही दशकमा भएका द्रुत परिवर्तनले मुस्ताङलाई रूपान्तरण गरेको तथ्य धेरै कथनहरूले प्रमाणित गर्छन। आजका सेके भाषी बृद्धहरु आफुलाई सेके भाषा पूर्ण रूपमा जान्ने अन्तिम पुस्ता मात्र होइन, सेके बोलिने गाउँका पुराना जीवनशैली र कथाहरू सम्झने अन्तिम पुस्ता पनि हौं भनी दोहोर्‍याउँछन्। यद्यपि, बहुभाषिकता र भाषिक सम्पर्क धेरै शताब्दीदेखि सेके-भाषी क्षेत्रमा निरन्तर र प्रचुर मात्रामा रहँदै आएको छ, जसमा तिब्बती, लोके र नेपाली रूपहरूको सेके भाषामा परेको कुरा बारम्बार सन्दर्भ र मिश्रणले देखाउँछ।

 

Collection contents

English: “Documentation and Description of Seke” is a corpus that currently holds approximately 40 hours of edited video recordings, including narratives and conversations about local history, significant sites, the Seke language, cultural change, religious life, livelihood, personal stories, and other narratives from a wide range of Seke speakers.

संग्रह सामग्री

नेपाली: “सेकेको दस्तावेजीकरण र विवरण” एउटा संग्रह हो। जसमा हालसम्म लगभग ४० घण्टा सम्पादित भिडियो रेकर्डिङहरू, साथै स्थानीय इतिहास, महत्त्वपूर्ण स्थलहरू, सेके भाषा, सांस्कृतिक परिवर्तन, धार्मिक जीवन, जिविका,व्यक्तिगत कथाहरू, र सेके भाषीहरूको एक विस्तृत श्रृंखलाबाट लिइएका कथनहरु राखिएको कुराकानी र कथन समावेश गरिएका छन्।

 

Collection history

English: Currently available in the collection are recordings made during fieldwork in 2019 and 2023. Some of the earlier recordings were transcribed, translated, and analyzed during 2020-2022 in New York. More recent recordings, featuring a wider range of material, are gradually being worked on and will be made available beginning in 2024.

सङ्कलनको इतिहास

नेपाली: हाल सङ्कलनमा उपलब्ध सामग्री, सन् २०१९ र २०२३ मा स्थलगत कार्यमा तयार पारिएका भिडियो रेकर्डिङहरू हुन् । केही रेकर्डिङहरू न्युयोर्कमा सन् २०२०-२०२२ मा अक्षरमा उतारिएका ,अनुवादीत साथै विश्लेषित छन्। तत्काल उपलब्ध रेकर्डिङहरू, बृहत सामग्री चित्रित गरिएका छन् , र क्रमगत रुपमा कार्य गरिदै गरिएकोले सन् २०२४ को शुरुमा उपलब्ध गराइने छ ।

 

Acknowledgement and citation

English: This work was supported in part by a DLI-DEL Fellowship from the National Endowment for the Humanities and the National Science Foundation.

Special thanks to Rasmina Gurung, Bikas Gurung, Nawang Gurung, and the Endangered Language Alliance.

To refer to any data from the collection, please cite as follows:

Perlin, Ross. 2023. Documentation and Description of Seke (Nepal). Endangered Languages Archive. Handle: http://hdl.handle.net/2196/00-0000-0000-0012-436C-E. Accessed on [insert date here].

आभार तथा उध्दरण

नेपाली: यो कार्यको लागि आंशिक रुपमा The National Endowment for the Humanities and the National Science Foundation को DLI-DEL फेल्लोशिपले सहयोग गरेको छ ।

विशेष धन्यबाद रस्मिना गुरुङ ,बिकाश गुरुङ, नवाङ्ग गुरुङ, तथा Endangered Language Alliance |

संग्रहको कुनै पनि डेटामा पहुँच गर्न कृपया निम्न उल्लेखित विवरणमा संकेत गर्नुस् ।

रस पर्लिन। २०२३। सेके (नेपाल) को दस्तावेजीकरण र विवरण। लोपोन्मुख भाषा अभिलेख। ह्यान्डल: http://hdl.handle.net/2196/00-0000-0000-0012-436C-E. [यहाँ मिति हाल्नुस् ] मा पहुँच गरिएको।

Powered by Preservica
© Copyright 2025